बिहीबार, चैत ५, २०८२

भक्तपुरमा कोरोना ग्राफ उकालो : एकै दिन थपिन थाले पाँच सयभन्दा बढी संक्रमित

भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

भक्तपुर- भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्। 

National life

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। 

संक्रमितको संख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमित संख्यासमेत ह्वात्तै बढेको छ। जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको संख्या चार हजार नजिक पुगेको छ। कूल सक्रिय सङ्क्रमितको संख्या तीन हजार ९९८ पुगेको छ। तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन्।

जिल्लमा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन्। तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन्। मध्यपुरथिमिमा आइतबार मात्रै २०२ संक्रमित थपिएका थिए।

त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सक्रिय संक्रमितमध्ये ३१  संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन्। 

Laxmi sunrise bank
kumari

त्यस्तै एचडियूमा चार, आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ। जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६  छन्। 

यसैगरी जिल्लमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यही माघ ८ गते एक संक्रमितको मृत्युसँगै जिल्लामा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३६० पुगेको हो।

प्रकाशित: Jan 24, 2022| 09:38 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्