शनिबार, जेठ २, २०८३

डाक्टरसहित स्वास्थ्यकर्मीका लागि लोकसेवाले खोल्यो विज्ञापन

बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ ३५ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

National life
काठमाडौं- बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ ३५ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ। 

आयोगले एक सूचना प्रकाशन गर्दै प्रदेशको मन्त्रालय तथा स्थानी तहमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो।

पदपूर्तितर्फ सबैभन्दा धेरै १७ जना मेडिकल अधिकृत माग गरिएको छ। नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल इन्जिनियर, जनस्वास्थ्य अधिकृतलगायत पदमा आवेदन खुल्ला गरिएको लोकसेवाले जनाएको छ।

आन्तरिक कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा तर्फ दुई जनाका लागि आवेदन खोलिएको छ। यस्तै आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ ७ स्वास्थ्यकर्मीका लागि आवेदन खोलेको छ।

प्रकाशित: Jan 24, 2022| 09:20 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्