बिहीबार, चैत ५, २०८२

नेपाल जनस्वास्थ्य विद्यार्थी संघको प्रश्न- सिटामोलको अभाव कुन बजारमा छैन?

नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुखद भएको जनाएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुखद भएको जनाएको छ।

National life

कोभिड–१९ संक्रमण दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव रहेको छ। कोरोना महामारी बढिरहेको समयमा सरकार त्यसको नियन्त्रणमा लाग्नुपर्नेमा जनताले सिटामोलसम्म पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखद रहेको संघका अध्यक्ष सुमित बोहराले बताए।

'स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले बजारमा सिटामोलको अभाव नभएको जिकिर गरिरहेको छ। हामी प्रश्न गर्न चाहन्छौं- सिटामोलको अभाव कुन बजारमा छैन?,' उनले भने। उनले एउटा कोठाबाट कोठे जवाफ दिनुभन्दा सरकारलाई वास्तविकता बोलेर जनताको स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गरेका छन्।

उनले मन्त्रालयले समायोजन गरेको पिसिआर परीक्षण शुल्क निजी अस्पतालहरूले कार्यान्वयन नगरेको गुनासोसमेत गरेका छन्। सरकारी निर्देशनको पालना नगर्ने अस्पताललाई कारबाही गर्न संघको माग छ।

उपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएका थिए। उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन।

Laxmi sunrise bank
kumari

व्यवसायीमाथि निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको आरोप लागि रहेको छ।



प्रकाशित: Jan 24, 2022| 09:09 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्