बिहीबार, चैत ५, २०८२

विश्वभर एकै दिन २१ लाख संक्रमित थपिए, ४ हजारभन्दा बढीको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा २१ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २१ लाख ३२ हजार जनामा संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- विश्वभर पछिल्लो २४ घण्टामा २१ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २१ लाख ३२ हजार जनामा संक्रमण पुष्टि भएको छ।

National life

थपिनेमा भारतमा सबैभन्दा धेरै तीन लाख ५ हजार, फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ९७ हजार र इटलीमा एक लाख ३८ हजार रहेका छन्।

त्यसैगरी ब्राजिलमा ८४ हजार, जर्मनीमा ७५ हजार, बेलायतमा ७४ हजार, टर्कीमा ६५ हजार र रुसमा ६३ हजार जनामा संक्रमण संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ९८ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा १२ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्।

मृत्यु हुनेमा रुसमा ६७९, अमेरिकामा ५७०, भारतमा ४७४, इटलीमा २२७, ब्राजिलमा ११८, टर्कीमा १८५, फ्रान्समा ११५ र बेलायतमा ७५ जना छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 24, 2022| 07:25 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्