बिहीबार, असोज १५, २०८३

आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३४ रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३९ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ ८२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३ पैसा र बिक्री दर १३० रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९७ पैसा छ। 

जापानी येन १० को खरिद दर  १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: Jan 24, 2022| 06:50 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्