आइतबार, फागुन २४, २०८२

अफगानिस्तानको एअर करिडोर अवरूद्ध, निर्यात समस्या

अफगानिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरूद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तीमा चुनौती सिर्जना भएको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काबुल- अफगानिस्तानको एअर करिडोर अवरूद्ध भएकाले हवाई पारवहनको अभावका कारण यहाँको स्थानीय सामान निर्यातमा समस्या भएको बताइएको छ। 

National life

अफगानिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरूद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तीमा चुनौती सिर्जना भएको हो।

टोलो न्युजका अनुसार अधिकारीहरूले समस्या समाधान गर्न प्रयास गरिरहेका छन् तर अहिलेसम्म कुनै प्रगति हुनसकेको छैन। एसीसीआईका उपप्रमुख खरिरुद्दिन मयलले भने, 'एसीसीआईले सुविधा र सुगमता ल्याउने प्रयास गर्दै आएको छ तर अहिलेसम्म प्रगति भएको छैन।'

तत्कालिन सरकार ढल्नुअघि अफगानी सामानलाई काबुल, कान्दहार, बाल्ख र हेरात गरी चार प्रान्तका विमानस्थलहरूबाट हवाई मार्गमार्फत् विश्व बजारमा पुर्‍याइन्थ्यो।

यसैबीच, धेरै व्यापारीले तालिवानलाई सो समस्या समाधान गर्न र हवाई कोरिडोरमार्फत विश्व बजारमा सामान निर्यात गर्न सहज बनाउन आग्रह गरेपनि सरकार सञ्चालनको अनुभव लिँदै गर्दा यसमा पर्याप्त ध्यान दिनसकेको छैन। 

Laxmi sunrise bank
kumari

एसीसीआईको तथ्यांकअनुसार विगत पाँच वर्षमा एक हजार ८०० उडानहरूले हवाई मार्गमार्फत ६ करोड अमेरिकी डलर मूल्यका सामानहरू भारत, संयुक्त अरब इमिरेट्स, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीलगायत विभिन्न देशहरूमा पुर्‍याएका थिए।

प्रकाशित: Jan 24, 2022| 04:30 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।