आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबान प्रतिनिधिमण्डल ओस्लोमा, महिला र मानवअधिकारका विषयमा वार्ता

तालिबान प्रतिनिधिमण्डल ओस्लोमा, महिला र मानवअधिकारका विषयमा वार्ता

विदेशमन्त्री आमिर खान मुताकीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले आफ्नो तीन दिने भ्रमणको पहिलो दिन महिला कार्यकर्ता र पत्रकारहरूसँग वार्तालाई समर्पण गर्ने भएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

ओस्लो- अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिबान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु गरेको छ। पश्चिमी अधिकारीहरुसँग अत्यधिक अपेक्षा गरिएको भेटवार्ताभन्दा अगाडि अफगानिस्तान नागरिक समाजका सदस्यहरूले मानवअधिकारमा केन्द्रित रहेर वार्ता गरेका बुझिएको छ।

National life

विदेशमन्त्री आमिर खान मुताकीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले आफ्नो तीन दिने भ्रमणको पहिलो दिन महिला कार्यकर्ता र पत्रकारहरूसँग वार्तालाई समर्पण गर्ने भएको छ।

नर्वेको मध्यस्थतामा भइरहेको र अफगानिस्तानमा मानव अधिकार र मानवीय संकटमा केन्द्रित हुने चर्चा ओस्लोको बाहिरी भागमा रहेको सोरिया मोरिया होटलमा गोप्यरूपमा भइरहेको छ।

सत्ताच्युत भएको २० वर्षपछि फेरि सत्तामा फर्केका तालिबान समूहले सत्ता सम्हालेपछि मानवीय स्थिति एकदमै खस्किएको छ।

कब्जापछि अन्तर्राष्ट्रिय सहयोग अकस्मात् रोकियो र थुप्रै गम्भीर सङ्कटपछि भोकमरीबाट पीडित लाखौं मानिसहरूको अवस्था झनै नाजुक बनेको छ। 

Laxmi sunrise bank
kumari

कट्टर इस्लामवादीहरूलाई सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको गठबन्धनले सत्ताच्यूत गरेको भएपनि पश्चिमी सेनाहरूको गठबन्धनले देश छोड्न नपाउँदै उनीहरूले सत्तामा कब्जा जमाइसकेका थिए।

अहिलेसम्म कुनै पनि देशले तालिबान सरकारलाई मान्यता दिएको छैन। नर्वेली विदेश मन्त्री अनिकेन हुइटफेल्टले भने, 'वार्ताले तालिबानको वैधता वा मान्यताको प्रतिनिधित्व गर्ने छैन।'

उनले भने, 'तर हामीले देशका वास्तविक अधिकारीहरूसित कुरा गर्नै पर्छ। हामी राजनैतिक स्थितिलाई अझ खराब मानवीय संकटतर्फ जान दिनु हुँदैन।'

सोमबार तालिबानले संयुक्त राज्य अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, इटाली र युरोपियन युनियनका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् भने मंगलबार नर्वेका अधिकारीसँग द्विपक्षीय वार्ता हुनेछन्।

शनिबार एएफपीसँगको अन्तर्वार्तामा तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कट्टर इस्लामवादीहरूले युद्धको वातावरणलाई रुपान्तरण गर्न र शान्ति स्थापनाका लागि वार्ता आवश्यक रहेको बताए।

काबुलबाट प्रतिनिधिमण्डलमा सम्मिलित हुन तालिबान आन्दोलनको सबैभन्दा कडा गुटका नेता अनास हक्कानी ओस्लो पुग्नुभएको छ। हक्कानी नेटवर्क अफगानिस्तानका केही विनाशकारी आक्रमणहरूका लागि जिम्मेवार छ। 

कुनै औपचारिक सरकारी पदाधिकारी नभएका उहाँ सन् २०१९ मा कैदी साटासाटमा मुक्त हुनुभन्दा पहिले राजधानी काबुल बाहिर रहेको संयुक्त राज्य अमेरिकाको बाग्राम हिरासत केन्द्रमा केही वर्ष जेल परेका थिए। 


प्रकाशित: Jan 23, 2022| 21:51 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।