बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेको बेलायतको आरोप

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेको बेलायतको आरोप

बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दाबी गरेको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

लन्डन- रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ।

National life

बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दाबी गरेको हो।

बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाए। 

मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ। 

रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहो¥याउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई आधारहीन आशंकाको संज्ञा दिँदै आएको छ।

प्रकाशित: Jan 24, 2022| 04:00 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।