आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेल्जियममा कोभिड नियन्त्रणका लागि जारी गरिएका नियमविरुद्ध प्रदर्शन

बेल्जियममा कोभिड नियन्त्रणका लागि जारी गरिएका नियमविरुद्ध प्रदर्शन

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन्।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

बेल्जियम- कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन्।

National life

ओमिक्रोनको लहरका कारण संक्रमण उच्च बिन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको छ। 

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक भनी एएफपीका रिपोर्टरहरूले समाचारमा जनाएका छन्।

प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको देखिएका बताइएको छ। प्रदर्शनमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डक्रु र कोभिडबाट सुरक्षाका लागि दिइएका पाससहित उपस्थित थिए।

 पोल्याण्ड, नेदरल्याण्ड्स र रोमानियाका झन्डाहरू भीडमा देख्न सकिन्थ्यो। 

Laxmi sunrise bank
kumari

उत्तरी फ्रान्सको लिलेबाट आएकी फ्रान्सस्का फनाराले भने, 'सन् २०२० देखि जे भइरहेको छ, त्यसले मानिसहरूलाई भ्रष्टाचारबाट ब्यूँझाउन अनुमति दिएको छ। म गलत नियमविरूद्ध प्रदर्शन गर्न आएको हुँ।'

प्रदर्शनमा सहभागी पोर्चुगलका अडोल्फो बार्बोसाले नियन्त्रणका लागि घोषित नियमलाई मानव स्वास्थ्यका लागि भन्दै लादिएको तानाशाही शासन भएको बताए। 

प्रकाशित: Jan 23, 2022| 23:30 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।