शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले भन्‍यो- भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरे कारबाही हुन्छ

राष्ट्र बैंकले भन्‍यो- भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरे कारबाही हुन्छ

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ। 

राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानुनी रहेको जनाएको छ। त्यसरी कारोबार गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।'


प्रकाशित: Jan 23, 2022| 18:15 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्