बिहीबार, चैत ५, २०८२

भारतसहित ४० भन्दा बढी देशमा फैलियो ओमिक्रोनको 'सब-भेरियन्ट'

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार पछिल्लो १० दिनमा बेलायतमात्रै करिब ४०० जनामा ओमिक्रोनको सब-भेरियन्ट फेला परेको छ। पछिल्लो १० दिनकै अवधिमा विश्‍वभरका ४० भन्दा बढी मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ। भारतमा पनि ओमिक्रोनको 'सब-भेरियन्ट' का संक्रमितहरु फेला परेका छन्।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- पछिल्लो दुई महिनादेखि विश्‍वभर ओमिक्रोन भेरियन्ट फैलिएको छ। पहिलोपटक दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा देखिएको ओमिक्रोनको पनि 'सब-भेरियन्ट' फेला परेको वैज्ञानिकहरुले बताएका छन्। 

National life

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार पछिल्लो १० दिनमा बेलायतमात्रै करिब ४०० जनामा ओमिक्रोनको सब-भेरियन्ट फेला परेको छ। पछिल्लो १० दिनकै अवधिमा विश्‍वभरका ४० भन्दा बढी मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ। भारतमा पनि ओमिक्रोनको 'सब-भेरियन्ट' का संक्रमितहरु फेला परेका छन्। 

बेलयाती स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार शुक्रबार नै यो भेरियन्टलाई बीए.२ नाम दिइएको थियो। यस भेरियन्टको विषयमा थप अनुसन्धान भइरहेकोसमेत जनाइएको छ। यसअघि ओमिक्रोनलाई बीए.१ नाम दिइएको थियो। 

फ्रान्सका महामारीविज्ञ एन्टोइन फ्लाहाउल्टले यो भेरियन्ट एसियामा सबैभन्दा तीव्ररुपमा फैलिइरहेको बताएका छन्। यसअघि डेल्टा भेरियन्ट फैलिएको थियो। अहिले ओमिक्रोन फैलिइरहेको अवस्थामा यसको पनि सब-भेरियन्ट देखिएको हो। वैज्ञानिकहरुले भाइरसको उत्पत्ती र यसको म्युटेसनको विषयमा थप अनुसन्धान गरिरहेका छन्। - अलजजिरा

प्रकाशित: Jan 23, 2022| 17:15 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्