बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टेलिकम र साइबरनेटिक्सबीच इन्टरनेट विस्तारको सम्झौता

टेलिकम र साइबरनेटिक्सबीच इन्टरनेट विस्तारको सम्झौता

एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं– एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ।

कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न प्याकेजहरू उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको टेलिकमले जनाएको छ ।

सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबर नेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Jan 23, 2022| 17:25 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्