बिहीबार, असोज १५, २०८३

नबिल बैंकसँग दुई महिला संस्थाको सहकार्य

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरतार वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं– महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरतार वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ ।

नेपाल उद्योग परिसंघको कार्यालयमा बैंकको तर्फबाट प्रमुख कार्येकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसिप फोरमको तर्फबाट संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे । प्रमुख कार्येकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण भएको र महिलाहरूको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालको बीच पुलको काम गरेको भन्दै सम्झौताले महिलाको आर्थिक विकाश सँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पुर्‍याउने बताए। 

प्रकाशित: Jan 23, 2022| 17:05 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्