आइतबार, फागुन २४, २०८२

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

इस्लामावाद- कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ। 

National life

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ। 

महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो। 

'सबै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,' सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ। 

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ। कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ। 

Laxmi sunrise bank
kumari

सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन्। तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन्।

महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ।   

पाकिस्तानमा अहिले कोरोना भाइरसको पाँचौँ चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन्। 

प्रकाशित: Jan 23, 2022| 04:00 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।