बिहीबार, साउन ७, २०८३

स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई संक्रमण

सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको संसद् सचिवालयले जनाएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

स्लोभाकिया- स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोना भाइरस संक्रमित भएका छन्। 

सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी रक्षा मन्त्री मातेज टोनिनले पनि आफू कोरोनाभाइसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

सभामुख जोर्किक गत बिहीबार सङ्क्रमित हुुनुभएको हो। त्यो दिन देशभरी गरेर कुल नौ हजार ८५८ नयाँ सङ्क्रमित थपिएका थिए।

त्यसैगरी रक्षा मन्त्री टोनिन भने शुक्रवार सङ्क्रमित हुनुभएको पुष्टि भएको हो। उनले आफुलाई कुनै लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको स्पष्ट पारेका छन्। 

स्लोभाकियामा अहिले सभामुख र रक्षा मन्त्रीसहित कुल ९६ हजार ४८१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिस सङ्क्रमित भएका छन्।

प्रकाशित: Jan 22, 2022| 23:40 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।