बिहीबार, साउन ७, २०८३

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार कोरोना संक्रमित

अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्।  

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन्। 

अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन्। 

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन्। 

भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ। 

प्रकाशित: Jan 22, 2022| 23:10 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।