बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • गलत प्रचार गर्ने पाकिस्तानी युट्युब च्यानल बन्द गर्न भारतको निर्देशन

गलत प्रचार गर्ने पाकिस्तानी युट्युब च्यानल बन्द गर्न भारतको निर्देशन

भारतको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानबाट सञ्‍चालित ३५ वटा युट्युब च्यानल बन्द गर्न निर्देशन दिएको छ। यससँगै दुईवटा समाचार वेबसाइट, केही इन्स्टाग्राम र केही फेसबुक अकाउन्टहरु पनि बन्द गर्न सूचना मन्त्रालयले निर्देशन दिएका हुन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

नयाँ दिल्ली- भारतको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानबाट सञ्‍चालित ३५ वटा युट्युब च्यानल बन्द गर्न निर्देशन दिएको छ। यससँगै दुईवटा समाचार वेबसाइट, केही इन्स्टाग्राम र केही फेसबुक अकाउन्टहरु पनि बन्द गर्न सूचना मन्त्रालयले निर्देशन दिएका हुन्। 

National life

भारतको सूचना मन्त्रालयका सचिव अपूर्ण चन्द्रले एक पत्रकार सम्मेलनका क्रममा यस सम्बन्धी जानकारी दिएका हुन्। उनले ती युट्युब च्यानलहरुले भारतविरुद्ध प्रोपोगाण्डा फैलाइरहेको बताएका छन्। 

उनले भने, 'यो प्रक्रिया सुरु भएसँगै कयौं च्यानलहरु ब्लक गरिएका छन्। भारतविरुद्ध गलत प्रचार गर्ने च्यानलहरु देखेका रिपोर्ट गर्नुहोला। जसले गर्दा कारबाही गर्न सजिलो हुनेछ।' 

ती च्यानलहरुबाट भारतीय सशस्त्र बलविरुद्ध, जम्मु काश्मीरसँग जोडिएका केही खबरहरु र अलगाववादी विचार प्रसारण गर्ने गरिएकोसमेत जनाइएको छ। 

यीमध्ये केही च्यानलहरु पाकिस्तानी टेलिभिजनहरुमा काम गर्ने एंकरहरुले सञ्‍चालन गरेको पनि भारतीय सूचना मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jan 22, 2022| 16:00 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।