आइतबार, फागुन २४, २०८२

जापानमा ६.६ रेक्टरस्केलको भूकम्प, सडक र भवनमा क्षति

जापानमा शनिबार ६.६ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। दक्षिणी टापु क्युसुमा शनिबार बिहानै भूकम्प गएको हो।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- जापानमा शनिबार ६.६ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। दक्षिणी टापु क्युसुमा शनिबार बिहानै भूकम्प गएको हो। 

National life

सरकारी रेडियो स्टेसन एनएचकेका अनुसार भूकम्पबाट सडक र भवनहरूमा बढी क्षति पुगेको छ। भूकम्पको केन्द्रविन्दु आसपासका पाँचवटा प्रिफेक्चरमा केही मानिस घाइते भएको एनएचकेले जनाएको छ। 

सडकमा रुख ढल्डा यातायात सेवा अवरुद्ध भएको बताइएको छ। खानेपानीका पाइप चुँडिएका र फुटेका छन्। 

त्यहास्थित सञ्चारमाध्यमका अनुसार ओइटा र मियाजाकी सहरमा बढी क्षति पुगेको छ। अहिलेसम्म मानवीय क्षतिको खबर भने आएको छैन।

प्रकाशित: Jan 22, 2022| 10:01 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।