बिहीबार, चैत ५, २०८२

बढी शुल्क असुल्ने मेडिकल कलेजमाथि कानुन अनुसार कारबाही हुन्छ : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन्। गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिबद्धता जनाएका हुन्। 

National life

केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने गृहमन्त्रीको चेतावनी छ। गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराएका थिए।

‘मेडिकल कलेजमा देखिएको जुन समस्याहरु छन्, ती समस्याहरुलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत रुपमा सरकारले अनुसन्धान गर्दछ। कानुनअनुसार कारबाही हुन्छ। विद्यार्थी संगठनहरु पनि उत्तेजित हुने र आवेशमा आउने काम गर्नु भएन,' मन्त्री खाँडले भने। 

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँण समक्ष आग्रह गरेका थिए। उहाँले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरुले पढन पाउने अवस्था गुम्ने चेतावनी पनि दिए। 

 ‘कलेज संचालकहरुको भाषा, शैली र तरिकाका कारण यस्तो स्थिति सृजना भयो। यसमा शुल्कको कुरा, छात्रावासको कुरा पनि चिकित्सा शिक्षा आयोगको ऐन विपरित मेडिकल सञ्चालकहरुले गरिरहेका छन्। उनीहरुले मेडिकल कलेज पढने विद्यार्थीहरुमाथि दादागिरी देखाईरहेका छन्,' मन्त्री पौडेलले भने। 

Laxmi sunrise bank
kumari

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले विद्यार्थीहरुलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कारबाही गर्न सरकारलाई आग्रह गरे। 

अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले गैरकानुनी ढंगले विद्यार्थीहरुमाथि चर्को शुल्क असुल गरी आतंक फैल्याउने निजी मेडिकल कलेजमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराएकी थिइन्। 

प्रकाशित: Jan 21, 2022| 19:25 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्