बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मूल्यवृद्धि खारेजीको माग गर्दै नेविसंघको विरोध प्रर्दशन

मूल्यवृद्धि खारेजीको माग गर्दै नेविसंघको विरोध प्रर्दशन

शुक्रबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई मूल्यवृद्धि खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मूल्यवृद्धि खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य पस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघले सरकारविरुद्ध प्रर्दशन सुरु गरेको हो। 

शुक्रबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई मूल्यवृद्धि खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन्। 

विद्यार्थीले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन्। मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिए। संकलित हस्ताक्षर सरकारलाई बुझाउने उनको भनाइ छ। 

कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य विस्तुहरुको चर्को मूल्य वृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको उनले उल्लेख गरे। 

विरोध प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका ईकाई समिति, नेपाल कमर्श क्याम्पसका ईकाई समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाई समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन्। 

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाएको छ। 

प्रकाशित: Jan 21, 2022| 14:46 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्