आइतबार, फागुन २४, २०८२

रेडक्रसबाट ५ लाख जनाको व्यक्तिगत विवरण चोरी

मानव सहायतावादी संस्था अन्तर्राष्ट्रिय रेड क्रसबाट ५ लाखभन्दा बढी व्यक्तिको व्यक्तिगत विवरण चोरी भएको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

जेनेभा (स्वीट्जरल्यान्ड)- मानव सहायतावादी संस्था अन्तर्राष्ट्रिय रेड क्रसबाट ५ लाखभन्दा बढी व्यक्तिको व्यक्तिगत विवरण चोरी भएको छ। 'उच्च जोखिम'का व्यक्तिहरूको विवरण चोरी भएको रेडक्रसले उल्लेख गरेको हो। 

National life

डाटा कसले चोरी गर्‍यो भन्ने हालसम्म प्रष्ट छैन। यद्यपि रेडक्रसले भने विवरण जसले चोरी गरेपनि कतै पनि लिक वा सेयर नगर्न आग्रह गरेको छ। 

रेडक्रसका महानिर्देशक रोबर्ट मार्दिनीले जोखिमपूर्ण अवस्थाका मानिसको विवरण चोरी गरेर झनै जोखिममा पारेको बताएका छन्। 

करिब ५ लाख १५ हजार जनाको विवरण चोरी भएको बताइएको छ। उनीहरू सबै युद्धको जोखिममा परेका व्यक्तिहरू हुन्। विभिन्न ६० देशका रेडक्रस र रेड क्रेसन्ट इन्टरनेसनलले संकलन गरेका विवरण अन्तर्राष्ट्रिय रेडक्रसबाट चोरी भएका हुन्। 

जेनेभास्थित रेडक्रस मुख्यालयले स्वीट्जरल्यान्डको अर्कै कम्पनीको ह्याकरले आक्रमण गरेको तर रेडक्रसले पनि सोही कम्पनीमा डाटा भण्डारण गरेका कारण चोरी भएको उल्लेख गरेको छ। 

Laxmi sunrise bank
kumari

चोरी भएको डाटा हालसम्म कतै पनि लिक नभएको रेडक्रसको भनाइ छ। 

प्रकाशित: Jan 20, 2022| 20:17 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।