आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानको लाहोरमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु, २२ घाइते

पाकिस्तानको लाहोरमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु, २२ घाइते

पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

इस्लामावाद- पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन्।

National life

लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भने, 'प्रारम्भिक अनुसन्धानबाट यो विष्फोट मोटरसाइकलमा जडित विष्फोटक पदार्थ (टाइम वम) भएको बुझिएको छ।'

पुरानो लाहोरको व्यस्त अनारकली सपिङ क्षेत्रमा भएको विस्फोटमा एक बालक सहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ। प्रहरीले पनि घटनामा दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेको छ।

आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। तर डिसेम्बरदेखि प्रहरीविरुद्ध एकपछि अर्को विस्फोट र आक्रमण भएको छ। सरकार र पाकिस्तानका तालिबानबीच भएको झडप मारमा परेको थियो।

यसअघि अफगान तालिबानसँग निकट रहेको तेह्रेक–ए–तालिबान पाकिस्तान (टीटीपी) उक्त क्षेत्रमा हुने अधिकांश घटनाहरूमा जिम्मेवार रहने गरेको भन्दै सरकारी अधिकारीले यस घटनालाई पनि सोही समूहसँग जोडेर हेरेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 21, 2022| 00:45 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।