आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अष्ट्रियामा खोप अनिवार्य, व्यक्तिगत स्वतन्त्रताविरुद्ध भएको भन्दै प्रदर्शन

अष्ट्रियामा खोप अनिवार्य, व्यक्तिगत स्वतन्त्रताविरुद्ध भएको भन्दै प्रदर्शन

अष्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्‍न लागेको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसद्‌बाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

भियना- अष्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्‍न लागेको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसद्‌बाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्। 

National life

योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो यूरोपेली देश अष्ट्रिया नै बन्ने भएको छ। 

कोरोना भाइरसविरुद्ध लड्नका लागि सवैभन्दा प्रभावकारी र भरपर्दो उपाय नै खोप भएकाले त्यसलाई अनिवार्य गर्नुपर्ने पक्षमा सवै पार्टीका सांसदहरु रहेको दाबी गरिएको छ। 

भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै गएकाले संसदले पनि यस कानुनलाई पारित गर्ने अपेक्षा गरिएको छ। 

तर कतिपयले भने अनिवार्य खोपको व्यवस्था गर्नु व्यक्तिगत स्वतन्त्रता विपरित हुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन्। 

Laxmi sunrise bank
kumari

पछिल्लो सरकारी विवरण अनुसार अष्ट्रियाका खोप लगाउन योग्य कुल जनसङ्ख्या मध्ये ७२ प्रतिशतले कोरोनाभाइरस विरुद्धको पुरै खोप लगाइसकेका छन्।

कानुन पारित भएपछि निश्चित समयसम्म सरकारले स्वेच्छाले खोप लगाउन आह्वान गर्ने र मध्य मार्चपछि खोपविरूद्ध अफवाह फैलाउनेलाई प्रतिव्यक्ति चार हजार ८४ अमेरिकी डलर बराबरको जरिवाना गरिने पनि बताइएको छ। 

प्रकाशित: Jan 21, 2022| 04:30 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।