काठमाडौं- नेपालमा हालसम्म २ करोड ८१ लाख ८ हजार ८६० डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गतेसम्ममा उक्त परिमाणको खोप लगाइएको जानकारी दिएको हो।
सरकारले हालसम्म अनुदान र खरिदबाट ४ करोड ३८ लाख ८ हजार ८४० डोज कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ। हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन एन्ड जोनसनका खोप प्राप्त भएका छन्।
सरकारी तथ्यांक अनुसार १ करोड ५८ लाख ९५ हजार ८२८ डोज खोप पहिलो मात्राका रूपमा लगाइएको छ भने १ करोड २२ लाख १३ हजार ३२ डोज खोप दोस्रो मात्राका रूपमा प्रयोग भएको छ। यसरी देशभर ६८.४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ५२.९ प्रतिशतले दुवै डोज खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
कुन प्रदेशमा कतिले लगाए खोप?
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा कुल जनसंख्या ४९ लाख ९५ हजार १६२ छ। त्यसमध्ये १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या ३८ लाख ३९ हजार ११७ छ।
प्रदेश १ मा १८ लाख ४६ हजार ३५६ ले पहिलो डोज खोप लगाएका छन् भने १८ लाख ४६ हजार ३५६ ले दुवै डोज लगाएका छन्। प्रदेशमा ४४ लाख ८९ हजार ५८९ डोज खोप लगाइएको छ।
प्रदेश १ मा कुल जनसंख्याको ५२.९ प्रतिशतले पहिलो डोज लगाएका छन् भने दुई डोज लगाउनेको प्रतिशत ३७ प्रतिशत रहेको छ। १२ वर्षमाथिका लक्षित जनसंख्याको ६८.९ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ४८.१ प्रतिशतले दुवै डोज लगाएका छन्।
यो प्रदेशमा ३ लाख ९० हजार ६०० ले कोभिसिल्ड खोपको पहिलो मात्र लगाएका छन् भने २ लाख ७८ हजार ४८१ ले दोस्रो डोज लगाएका छन्।
प्रदेश १ मा भेरोसेलको पहिलो डोज खोप लगाउनेको संख्या १६ लाख ४९ हजार २२४ छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ९ लाख ३८ हजार ९४८ रहेको छ। त्यस्तै एक डोज मात्र लगाएर पुग्ने जोनसन एन्ड जोनसनको खोप ३ लाख ८४ हजार ९१९ डोज लगाइएको छ।
आस्ट्राजेनेकाको ३ लाख ७४ हजार ७०७ पहिलो डोज लगाइएको छ भने त्यसैको दोस्रो डोज लगाउनेको संख्या २ लाख ३८ हजार ६३७ जना छ।
प्रदेश १ मा पहिलो डोजको फाइजर खोप ६ हजार ७८ लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ५ हजार ३७१ रहेको छ। प्रदेशमा २ लाख २२ हजार ३२४ डोज खोप मोर्डनाको लगाइएको मन्त्रालयको तथ्यांक छ।
मधेश प्रदेश
मधेश प्रदेशमा कुल जनसंख्या ६३ लाख ४३ हजार ९७० छ। त्यसमध्ये १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या ४८ लाख ७५ हजार ७६७ छ।
मधेश प्रदेशमा २८ लाख ४४ हजार ६५५ ले पहिलो डोज लगाएका छन् भने २० लाख २० हजार ८१६ ले पूर्ण डोज खोप लगाएको मन्त्रालयको तथ्यांक छ। यसरी मधेश प्रदेशमा मा ४८ लाख ६५ हजार ४७१ डोज खोप लगाइएको छ।
मधेश प्रदेशमा कुल जनसंख्याको ४५.४ प्रतिशतले पहिलो डोज लगाएका छन् भने दुई डोज लगाउनेको प्रतिशत ३२.३ प्रतिशत रहेको छ। १२ वर्ष माथिका लक्षित जनसंख्याको आधारमा हेर्दा ५९ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ४२.१ प्रतिशतले दुई डोज लगाएको सरकारको तथ्यांक छ।
मधेशमा ५ लाख ६१ हजार ४७ ले कोभिसिल्डको पहिलो डोज लगाएका छन् भने ३ लाख १४ हजार १२६ ले दोस्रो डोज लगाएका छन्। त्यस्तै भेरोसेलको पहिलो डोज लगाउनेको संख्या १४ लाख ९९ हजार ७४९ छ भने दोस्रो डोज लगाउनेको तथ्यांक १० लाख ७० हजार ७२२ रहेको छ।
एक डोज मात्र लगाएर पुग्ने जोनसन एन्ड जोनसनको खोप मधेशमा ४ लाख ५२ हजार ८९९ डोज लगाइएको छ भने एस्ट्राजेनेकाको ३ लाख ६९ हजार ३५५ पहिलो डोज लगाइएको छ भने त्यसैको दोस्रो डोज लगाउनेको तथ्यांक २ लाख ९ हजार ९७२ ले लगाएका छन्।
त्यस्तै फाइजर खोप ७ हजार ४४१ पहिलो डोज लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ३ हजार ६४४ रहेको छ। त्यस्तै ४ लाख ३९ हजार ८७५ डोज खोप मोर्डनाको लगाइएको मन्त्रालयको तथ्यांक छ।
बागमती प्रदेश
बागमती प्रदेशमा १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या ५० लाख १९ हजार ५८६ छ। बागमतीमा ३७ लाख ५५ हजार १९९ ले पहिलो डोज लगाएका छन् भने ३३ लाख ४०७ ले पूर्ण डोज कोरोना खोप लगाएको तथ्यांक छ।
बागमतीमा हालसम्म ७० लाख ५५ हजार ६०६ डोज खोप लगाइएको छ। १२ वर्षमाथिको लक्षित जनसंख्याको ७४.८ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ६५.८ प्रतिशतले दुई डोज लगाएको सरकारको तथ्यांक छ।
बागमतीमा ५ लाख ७ हजार १०२ जनाले कोभिसिल्डको पहिलो डोज लगाएका छन् भने ४ लाख १७ हजार २८२ ले दोस्रो डोज लगाएका छन्।
त्यहाँ भेरोसेलको पहिलो डोज लगाउनेको संख्या २४ लाख ९८ हजार ७९६ छ भने दोस्रो डोज लगाउनेको तथ्यांक २२ लाख १ हजार ३२० रहेको छ।
त्यस्तै एक डोज मात्र लगाएर पुग्ने जोनसन एन्ड जोनसनको खोप ४ लाख ४२ हजार १८९ डोज लगाइएको छ। आस्ट्राजेनेकाको ३ लाख ८१ हजार ४२१ पहिलो डोज लगाइएको छ भने त्यसैको दोस्रो डोज लगाउनेको तथ्यांक २ लाख १९ हजार २८२ ले लगाएका छन्।
त्यस्तै फाइजर खोप १ लाख ६७ हजार ४२५ पहिलो डोज लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक २० हजार ३३४ रहेको छ। त्यस्तै २ लाख ४५५ डोज खोप मोर्डनाको लगाइएको मन्त्रालयको तथ्यांक छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या १९ लाख ५० हजार १८ छ। प्रदेशमा १५ लाख ५४ हजार ९२६ ले पहिलो डोज लगाएका छन् भने १४ लाख ५७० ले पूर्ण डोज खोप लगाएको तथ्यांक छ। गण्डकीमा कुल २९ लाख ५५ हजार ४९० डोज खोप लगाइएको छ। १२ बर्ष माथिका लक्षित जनसंख्याको ७९.७ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ७१.८ प्रतिशतले दुई डोज लगाएको सरकारको तथ्यांक छ।
गण्डकीमा २ लाख ३० हजार ४१४ ले कोभिसिल्डको पहिलो डोज लगाएका छन् भने २ लाख ५३ हजार २१३ ले दोस्रो डोज लगाएका छन्।
भेरोसेलको पहिलो डोज लगाउनेको संख्या ९ लाख ५६ हजार ८९२ छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ८ लाख ७४ हजार ८४५ रहेको छ।
त्यस्तै एक डोज मात्र लगाएर पुग्ने जोनसन एण्ड जोनसनको खोप १ लाख ८६ हजार ७७ डोज लगाइएको छ।
आस्ट्राजेनेकाको १ लाख ९६ हजार ६२४ पहिलो डोज लगाइएको छ भने त्यसैको दोस्रो डोज लगाउनेको तथ्यांक ८३ हजार २४९ ले लगाएका छन्।
त्यस्तै फाइजर खोप ३ हजार ४४९ पहिलो डोज लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ३ हजार १८६ रहेको छ। १ लाख ६७ हजार डोज खोप मोर्डनाको खोप पहिलो डोज लगाइएको मन्त्रालयको तथ्यांक छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या ३९ लाख ६९ हजार ५०९ छ। लुम्बिीनीमा कुल २८ लाख ३६ हजार ८०० ले पहिलो डोज लगाएका छन् भने १९ लाख ६१ हजार ४१३ ले पूर्ण डोज खोप लगाएको तथ्यांक छ।
लुम्बिनीमा कुल ४७ लाख ९८ हजार २१३ डोज खोप लगाइएको छ। १२ वर्षमाथिका लक्षित जनसंख्याको ७१.५ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने जम्मा ४९.४ प्रतिशतले दुई डोज लगाएको तथ्यांक छ।
लुम्बिनी ४ लाख २३ हजार ३२५ ले कोभिसिल्डको पहिलो डोज लगाएका छन् भने २ लाख ६० हजार ३६१ ले दोस्रो डोज लगाएका छन्। त्यस्तै भेरोसेलको पहिलो डोज लगाउनेको संख्या १५ लाख ८० हजार ८५३ छ भने दोस्रो डोज लगाउनेको तथ्यांक १२ लाख ९६ हजार ६१७ रहेको छ।
एक डोज मात्र लगाएर पुग्ने जोनसन एन्ड जोनसनको खोप ३ लाख ३१ हजार ६०१ डोज लगाइएको छ भने आस्ट्राजेनेकाको ४ लाख ८३ हजार ४७६ पहिलो डोज लगाइएको छ भने त्यसैको दोस्रो डोज लगाउनेको तथ्यांक ६७ हजार ७१५ ले लगाएका छन्।
फाइजर खोप ५ हजार ३०९ पहिलो डोज लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ५ हजार ११९ रहेको छ। त्यस्तै ३ लाख ४३ हजार ७८७ मोर्डनाको खोप पहिलो डोज लगाइएको मन्त्रालयको तथ्यांक छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या १४ लाख १० हजार १८२ छ। कर्णालीमा ८ लाख ३५ हजार ३६ जनालाई पहिलो डोज लगाइएको छ भने ६ लाख २४ हजार १८७ ले पूर्ण डोज कोरोना खोप लगाएको तथ्यांक छ। कर्णालीमा कुल १४ लाख ५९ हजार २१३ डोज खोप लगाइएको छ। १२ वर्ष माथिका लक्षित जनसंख्याको ५९.२ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने जम्मा ४४.३ प्रतिशतले दुई डोज लगाएको तथ्यांक छ।
कर्णालीमा १ लाख १७ हजार १३० ले कोभिसिल्डको पहिलो डोज लगाएका छन् भने ९१ हजार ६८३ ले दोस्रो डोज लगाएका छन्। भेरोसेलको पहिलो डोज लगाउनेको संख्या ५ लाख ११ हजार ३०४ छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ३ लाख ७० हजार ५३ रहेको छ।
त्यस्तै एक डोज मात्र लगाएर पुग्ने जोनसन एन्ड जोनसनको खोप १ लाख २० हजार ७४३ डोज लगाइएको छ भने आस्ट्राजेनेकाको ४३ हजार ७११ जनालाई पहिलो डोज लगाइएको छ भने त्यसैको दोस्रो डोज लगाउनेको तथ्यांक ३९ हजार ७०१ ले लगाएका छन्।
कर्णालीमा फाइजर खोप २ हजार २७२ पहिलो डोज लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक २ हजार ७ रहेको छ। त्यस्तै १ लाख ६० हजार ६०९ मोर्डनाको खोप पहिलो डोज लगाइएको मन्त्रालयको तथ्यांक छ।
सुदुरपश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेशमा १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या २२ लाख ८३ हजार ३९३ छ। जसमध्ये २ लाख २४ हजार ६०५ ले कोभिसिल्डको पहिलो डोज लगाएका छन् भने १लाख ८४ हजार ३८९ ले दोस्रो डोज लगाएका छन्।
सुदुरपश्चिममा कुल १४ लाख ६४ हजार ८५५ लाई पहिलो डोज लगाएका छन् भने ११ लाख ६३ हजार ८ जनाले पूर्णडोज खोप लगाएको तथ्यांक छ। सुदुरपश्चिममा कुल २६ लाख २७ हजार ७६३ डोज खोप लगाइएको छ। १२ वर्षमाथिका लक्षित जनसंख्याको ६४.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने जम्मा ५०.९ प्रतिशतले दुई डोज लगाएको तथ्यांक छ।
यो प्रदेशमा भेरोसेलको पहिलो डोज लगाउनेको संख्या ८ लाख ९९ हजार १४० छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ७ लाख १४ हजार २१७ रहेको छ। त्यस्तै एक डोज मात्र लगाएर पुग्ने जोनसन एण्ड जोनसनको खोप १ लाख ९५ हजार ९२५ डोज लगाइएको छ।
आस्ट्राजेनेकाको १ लाख २१ हजार ८४७ जनालाई पहिलो डोज लगाइएको छ भने त्यसैको दोस्रो डोज लगाउनेको तथ्यांक ६५ हजार ६९ ले लगाएका छन्।
त्यस्तै फाइजर खोप ३ हजार ९५१ पहिलो डोज लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक ३ हजार ४०८ रहेको छ। २ लाख १५ हजार २१२ मोर्डनाको खोप पहिलो डोज लगाइएको मन्त्रालयको तथ्यांक छ।