बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आयाल निगमले भन्यो– मूल्य समायोजन गर्दा पनि पाक्षिक १ अर्ब ८८ करोड घाटा

आयाल निगमले भन्यो– मूल्य समायोजन गर्दा पनि पाक्षिक १ अर्ब ८८ करोड घाटा

निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको जनाएको हो।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि पाक्षिक (१५ दिन) घाटा १ अर्ब ८८ करोड रहने दाबी गरेको छ। निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको जनाएको हो।

‘अब पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा नोक्सानी छ। त्यस्तै डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा नोक्सानी छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको निगमले जनाएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा नाफा तथा वाह्य हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ नाफा छ।

एलपी ग्यासमा प्रतिसिलिन्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको दाबी निगमको छ। यी सबै इन्धनको आगामी १५ दिनको खपत प्रक्षेपणअनुसार निगमले घाटा रकम अनुमान गरेको हो। भारतीय सीमावर्ती क्षेत्रको तुलनामा नेपालतर्फ वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुैपैयाँ, डिजेल २८ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर ५० रुपैयाँ सस्तो रहेको निगमको दाबी छ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेल १२२ रुपैयाँ पुगेको छ। 

प्रकाशित: Jan 20, 2022| 14:34 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्