बिहीबार, असोज १५, २०८३

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुन प्रतितोला एक हजारले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो।

हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैँयामा सुनको कारोबार भएको थियो। 

त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ। 

चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितालो १ हजार २८५ रहेको थियो। 

प्रकाशित: Jan 20, 2022| 12:03 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्