आइतबार, फागुन २४, २०८२

अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने

अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारेका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ। अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्बन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो। 

National life

अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारेका छन्।   

उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोनसन एण्ड जोनसन खोप रहेको पनि उनले जानकारी दिए। विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमेरिकाको सहयोगले अफगानिस्तानका जनतालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। 

अमेरिकाले अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बराबरको विभिन्न सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो। 

अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि रुष्ट भएको अमेरिकाले अन्य सहयोग बन्द गरेपनि कोरोना महामारीबाट बचाउन आवश्यक पर्ने केही सहयोग भने गरिरहेको छ।  एएनआई

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2022| 09:36 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।