आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतले गर्‍यो व्यवसायिक अन्तराष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित

भारतले गर्‍यो व्यवसायिक अन्तराष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

नयाँ दिल्ली- कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन्।

National life

मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन। 

भारतको नागरिक उड्डयन महानिर्देशनालय जारी गरेको आदेशमा भनिएको छ, “सन् २०२१ को नोभेम्बर २६ मा गरिएको महानिर्देशनालयको परिपत्रमा आंशिक परिमार्जन गरिएको छ।

'पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट यहाँ आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को राति २३:५९ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ,' परिपत्रमा उल्लेख छ।

'तथापि, ‘एअर ववल’ प्रबन्ध अन्तर्गत हुने सबै उडानहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्।'

Laxmi sunrise bank
kumari

बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले मार्च २०२० को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो। तर झण्डै दुई महिनाको अवरद्धतापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा आउन सुरु भएको थियो। 

प्रकाशित: Jan 20, 2022| 05:01 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।