बिहीबार, वैशाख १७, २०८३

संसारका सबैभन्दा पाका व्यक्तिको ११२ वर्षमा निधन

विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

मड्रिड - विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ।

National life

गिनीज वर्ल्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उहाँ विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित भएका थिए उनको आगामी महिना ११३ औं जन्मदिन मनाउन लागिएको थियो।

फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो थिए। सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन उनको होचो कदका कारण भर्ती हुन नपाएपछि पछि उहाँ एक सफल जुत्ता व्यवसायी बनेका थिए। 

सात छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीहरूका अभिभावक उहाँ पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा थिए। 

गिनिज बुक्स अफ वर्ल्डए रेकर्डको वेबसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्‍ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट छन्। सन् १८७५ फेब्रुअरीमा जन्मनुभएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो।

प्रकाशित: Jan 19, 2022| 23:50 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।