शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसद्‌बाट पारित

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसद्‌बाट पारित

इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसद्‌बाट पारित भएको छ। जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

जाकर्ता- इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसद्‌बाट पारित भएको छ। जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो। 

National life

यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ। इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो।

राजधानी सर्नेसम्वन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरुले पनि उठाउदै आउनु भएको थियो। जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो।

राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ। यो ठाउँको छनोट भने पूर्व राष्ट्रपति जोकोवीले छनौट गरेको राष्ट्रिय विकास तथा योजनामन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिए। 

इन्डोनेसियामा आफैमा विश्वको चौथो धेरै जनसंख्या भएको मुलुक हो। इन्डोनेसियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ।

प्रकाशित: Jan 20, 2022| 00:15 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।