काठमाडौँ– नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टलाईलाई दिइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको हो।
नयाँ कार्यकारी निर्देशक नआउन्जेलसम्मका लागि भट्टराईले नमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन्। भट्टराई यसअघि निगममा नै नायव कार्यकारी निर्देशक थिए।
अघिल्लो साता कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल निगमबाट बिदा भएका थिए।