बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर प्रदेश चुनाव : भाजपाले जारी गर्‍यो 'स्टार प्रचार'मा हुने नेताको सूची

उत्तर प्रदेश चुनाव : भाजपाले जारी गर्‍यो 'स्टार प्रचार'मा हुने नेताको सूची

उत्तर प्रदेशको चुनावका लागि भारतीय जनता पार्टी (भाजपा)ले पहिलो चरणमा 'स्टार प्रचार' का लागि ३० नेताको सूची जारी गरेको भाजपा चुनावी अभियानले जनाएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

लखनऊ- उत्तर प्रदेशको चुनावका लागि भारतीय जनता पार्टी (भाजपा)ले पहिलो चरणमा 'स्टार प्रचार' का लागि ३० नेताको सूची जारी गरेको भाजपा चुनावी अभियानले जनाएको छ। 

जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष जेपी नाड्डा, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, सांसद् हेमा मालिनी, मुख्यमन्त्री योगी आदित्यनाथलगायत रहेका छन्। 

उत्तर प्रदेशमा १० फेब्रुअरीदेखि मतदान सुरु हुने भएको छ। मतदानको प्रक्रिया सात चरणमा पूरा हुने र १० मार्चमा चुनावको अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। 

त्यसैगरी भाजपाले १०७ उम्मेदवारहरुको सूची जारी गरेको छ। त्यसैगरी गोरखपुर क्षेत्रबाट मुख्यमन्त्री आदित्यनाथ नै लड्ने तय गरिएको छ। 


प्रकाशित: Jan 19, 2022| 18:05 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।