आइतबार, फागुन २४, २०८२

जापानमा एकैदिन अहिलेसम्मकै उच्च कोरोना संक्रमित

यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना संक्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

National life
Laxmi sunrise bank
kumari

टोकियो- जापानमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्‍या मंगलबार सबैभन्दा धेरै देखिएको छ। सरकारी अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ संक्रमित भएका छन्। यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना संक्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

मंगलबार संक्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन्। ‘टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी संक्रमित देखिएको पनि पहिलो पटक हो,’ एक अधिकारीले भने। 

अघिल्लो मंगलबार ९६२ जना मात्रै संक्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन्। पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत संक्रमित भएको देखिएको छ। नयाँ संक्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ।  सिन्ह्वा

प्रकाशित: Jan 19, 2022| 09:35 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।