शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप : एपीएफले छक्का र चौकाको वर्षा गरेपछि आर्मीलाई विशाल लक्ष्य

पीएम कप : एपीएफले छक्का र चौकाको वर्षा गरेपछि आर्मीलाई विशाल लक्ष्य

जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय क्लब एपीएफको सामना गरिरहेको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं– जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय क्लब एपीएफको सामना गरिरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले कीर्तिपुरको त्रिवि मैदानमा छक्का र चौकाको वर्षा नै गर्यो। ३६ बाउन्ड्री भएको खेलमा २१ चौका र बाँकी छक्का भएका थिए।

खेलमा कप्तान शरद भेषावकर मात्र सस्तैमा समेटिए। उनले ९ रन बनाए। प्रदिप ऐरी, आशिष शेख र लोकेश बमले विश्फोटक पारी खेले। तीनै खेलाडीले अर्कसतक बनाएका छन्।

तेस्रो नम्बरमा मैदान छिरेका लोकेश बमले १४ बलमै अर्धसतक बनाए। उनले १८ बलमा ६६ रन जोड्दै अविजित रहे। यो टी २० राष्ट्रिय क्रिकेटको सबैभन्दा छोटो समयमा बनेको अर्धसतक पनि हो।

ओपनिङमा आएका प्रदिप र आशिफले १५० रनको साझेदारी गरे। जहाँ आशिफ शेखले ४३ बलमा ८४ रन बनाए। उनले १० चौका र पाँच छक्का प्रहार गरेका छन्।

त्यस्तै, प्रदिप ५७ रनमा अविजित रहे। उनले ५३ बलमा ५७ रन बनाए। यता एपीएफका जितेन्द्र मुखियाले ५७ रन दिएर एक विकेट गिराए। त्यस्तै, सुमित श्रेष्ठले एक ओभर बलिङ गर्दै १९ रन दिएर एक विकेट लिए। यससँगै आजको खेलमा आर्मीले २३१ रनको लक्ष्य पाएको छ।

एपीएफले पूरा ओभर खेल्दै दुई विकेट गुमाएर २३० रन बनाएको हो।

प्रकाशित: Jan 18, 2022| 14:36 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।