आइतबार, मंसिर ७, २०८२

कोभिडले ग्रसित बनेको 'ए' डिभिजन लिगको नवौं चरण

यो चरणमा उत्कृष्ट दुई टिमका लागि दुःखद् रह्यो। मनाङले सातदोबाटो युथ क्लबसँग हार बेहार्यो भने संकटाले पनि लिगमा अपराजित यात्रा तोड्यो।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं– यथास्थितिमा लिगका खेल चलेका भए सोमबार नवौं चरणका सबै खेल सकिन्थ्यो। तर, पोखरा रंगशालामा लिगको आठौं चरणका खेल खेलेर फर्किएका च्यासलका १९ खेलाडीमा एकैपटक कोभिड–१८ पोजेटिभ देखियो। र, साँझ हुने भनिएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबको खेल रोकिएको छ।

National life

यो खेलको तालिका बनिसकेको छैन। त्यसैले यो खेल बिर्सिने हो भने लिगको नवौं चरण सोमबार सकिएको छ। सोमबार सम्पन्न खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले हराएसँगै नवौं चरण सकिएको हो। अब केही हप्ता खेल हुँदैनन्। दशौँ चरण कहिलेबाट सुरु हुनेछ भन्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरिसकेको छैन। तर, नेपालले जनवरी २९ र फेब्रुअरी २ मा अफ्रिकन देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दैछ। कोभिडका कारण खेल प्रभावित नभएमा अब फेब्रुअरीको पहिलो हप्ताबाट लिगका खेल सुरु हुनेछन्।

मनाङ र संकटाको हार

यो चरणमा उत्कृष्ट दुई टिमका लागि दुःखद् रह्यो। मनाङले सातदोबाटो युथ क्लबसँग हार बेहार्यो भने संकटाले पनि लिगमा अपराजित यात्रा तोड्यो। एक खेलअघि मात्र ३८२ मिनेटका क्लिन सिटको यात्रामा पूर्णविराम लगाएको संकटा क्लबले यो सिजनमा नै आठ खेलको अपराजित यात्रामा विराम लगाएको हो। थ्रिस्टार क्लबसँग उसले हार बेहोरेपछि लिगमा उसको अपराजित यात्रामा ब्रेक लागेको हो।

यता उपाधि दावेदारको लक्ष्यका साथ लिगमा होमिएर पनि आफ्नो यात्रा निकै रोमाञ्चक बनाइरहेको क्लब हो मनाङ। मनाङले छैटौं राउन्डको खेलमा हार बेहोरेपछि दोस्रो स्थानमा रहेर शीर्षस्थानको मछिन्द्रलाई अंक तालिकामा दबाब दिइरहेको थियो। तर, नवौं राउन्डमा मनाङ नवप्रवेशी टिम सातदोबाटोसँग पराजित भयो। यससँगै उसलाई उपाधि यात्रामा अहिले चार अंकको धक्का लागेको छ। अहिले मनाङ मछिन्द्रभन्दा ४ अंकले पछि छ।

Laxmi sunrise bank
kumari

मनाङ र संकटाको हारले क्रमशः उपाधि दावेदार मछिन्द्र र साविक उपविजेता आर्मीलाई फाइदा भएको छ। यो चरणमा मछिन्द्रले सबैभन्दा ४–० गोलको सानदार जित निकाल्यो। जहाँ चोटबाट पुनरागमन गरेका विमल घर्ती मगरले दुई गोल गरे भने अभिषेक रिजालले पहिलो पटक लिग गोल गरे। मछिन्द्रकै विमलको सुखद् पुनरागमन हुँदा रेजिन सुब्बाको चाहिँ दुखद् पुनरागमन भएको छ। एंकलको चोटको उपचार गराउन उनी कतार गए पनि उनले उपचार गराउन पाएनन्। विभिन्न कारण उनले त्यसै फर्किनुपर्यो।

चोट बोकेरै भए पनि उनले आइतबार केही समय खेलेर गोल पनि गरे। गोलपछि उनको भाव सामान्य थिएन, मैदानमै रोइदिए। ‘चोट निको भएको छैन। दुखेर पनि खेल्नैपर्यो। अब ग्राउन्ड रिहाब पनि हुन्छ र विस्तारै विस्तारै खेल्दै जाने हो,’ सुब्बाले खेलपछि भनेका थिए। 

कोरोनाले संकटग्रस्त चरण

लिगको यो चरण केही विषेशताका साथ चिनिनेछ भने त्यो कोरोना प्रभाव पनि हो। नवौं चरण सुरु नहुँदै च्यासलका दुई खेलाडी कोभिडको बिरामी भएका थिए। पछि उनीहरुको टिम नै आइसोलेट हुनेगरीको संख्यामा पोजेटिभ देखियो। जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले पनि गएको विहीबार १४ खेलाडी मात्र अभ्यासमा उपस्थित भएका र बाँकी बिरामी रहेको बताएका थिए। एनआरटी लगायत टिमहरुमा पनि धेरै खेलाडी बिरामी पाइए।

नवौं चरणमै मछिन्द्रका फरवार्ड मनिष डाँगीमा कोभिड देखिएपछि उसले रेजिन सुब्बालाई पनि खेलाउन बाध्य भएको थियो। अहिले मछिन्द्रका दुई खलाडी कोभिडका बिरामी रहेका छन्। जावलाखेल डिफेन्डर कोअरा कोने र फरवार्ड पेमा लुन्डुप शेर्पालाई कोभिड देखिएपछि नवौं चरणको खेलमा आफ्नो प्रदर्शन सोचेनअनुरुप नभएको प्रशिक्षक केसीले बताए।

अंकतालिका

अंकतालिकामा रेलिगेसन क्षेत्रका टिम र शीर्ष तीन टिममा खास परिवर्तन छैन। यसअघि चार चरणबाट रेलिगेसनमा रहेका फ्रेन्ड्स क्लब र च्यासल नै रेलिगेसन क्षेत्रमा रहेका छन्।

फ्रेन्ड्सले अहिलेसम्म कुनै खेलमा जित निकाल्न सकेको छैन। तीन बराबरी खेलेको फ्रेन्ड्स तालिकाको पुछारमा छ। उसले नवौं चरण सकिँदा छ गोल गरेको छ भने १५ गोलको सामना गरेको छ।

युवा र सिनियर खेलाडीको संयोजनमा बने पनि च्यासलले लिगमा खास उपलब्धि हासिल गर्नस सकेको छैन। च्यासलको त लिगको सुरुआत नै निकै खल्लो बन्यो। उसले थ्रिस्टारसँग ३–० गोलको हारबाट लिग सुरु गरेको थियो।

पछि एक खेलमा जित निकाले पनि उसले जितको लय कायम राख्न सकेन। नत धेरै खेलमा बराबरी नै गर्न सक्यो। दुई बराबरीपछि उसको अहिले ५ अंक छ। त्यसैले दुई क्लब रेलिगेसन हुने यो सिजनमा च्यासल पनि रेलिगेसन क्षेत्रमा छ। तर च्यासलले अहिलसम्म आठ खेल मात्र खेलेको छ।

यता अंकतालिकाको शीर्षस्थानमा मछिन्द्रले छलाङ मारेको छ। मनाङले हारेपछि उसले चार अंकको अग्रता बनाएको हो। दोस्रो स्थानको मनाङको १९ अंक छ। आर्मी क्लब भने यो पटक तेस्रो स्थानमा पुग्दा आर्मीभन्दा एक अंक पछि रहेको थ्रिस्टार चौथो स्थानमा छ। थ्रिस्टारको १६ अंक छ भने नवौं चरणमा थ्रिस्टारसँगै हार बेहोरेको संकटाको चाहिँ १४ अंक मात्र छ। लिगमा तेस्रो हुने लक्ष्य लिएको संकटा पाँचौं स्थानमा छ।

मिडल टेबलमा पनि क्लबहरुको प्रतिस्पर्धा पेचिलो छ। किनभने छैटौं, सातौं, आठौं र नवौं स्थानका न्युरोड टिम एनआरटी, सातदोबाटो, हिमालयन शेर्पा र एपीएफको क्रमशः १३, १२, ११ र १० अंक रहेको छ। त्यस्तै, जावलाखेल, पुलिस र ब्रिगेड बोइजको क्रमशः आठ, सात र ६ अंक रहेको छ।

प्रकाशित: Jan 18, 2022| 13:57 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।