शनिबार, असार २०, २०८३

बागमती प्रदेशलाई हराउँदै पुलिस पीएम कपको फाइनलमा प्रवेश

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेटमा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं– काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेटमा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ। सोमबारको पहिलो सेमिफाइनल खेलमा पुलिसले ५० रनको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

टस जितेर ब्याटिङ रोजेको पुलिसले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १५५ रन बनाएको थियो। १५६ रनको लक्ष्यका साथ ब्याटिङमा उत्रिएको बागमतीले निर्धारित पूरा ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएपछि पुलिसले खेल जितेको हो।

खेलमा पुलिसका ओपनर पवन सर्राफले ५९ रन बनाए भने दिलिप नाथले ३१ रन बनाए। त्यस्तै, अनिल शाहले २५ रनको योगदान दिए। त्यसक्रममा बागमतीका नन्दन यादव र रिजन ढकालले समान २–२ विकेट गिराए।

जवाफमा खराब सुरुआत गरेको बागमतीका आदिल खान र ज्ञानेन्द्र मल्लले केही समय टिकेर खेले। उनीहरुले क्रमशः २७ र २३ रन बनाए। रिजन ढकालले १५ र रामनरेश गिरीले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

यता पुलिसका दिपेन्द्र सिंह ऐरीले पाँच विकेट गिराए भने सागर ढकालले पनि दुई विकेट लिए। अब फाइनल खेलमा पुलिसले आर्मी र एपीएफको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा आर्मी र एपीएफले भिड्नेछन्।


प्रकाशित: Jan 18, 2022| 12:29 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।