आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ : लापरबाहीका कारण कोरोना संक्रमण फैलियो

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार ककेन्द्रका प्रमुख वैजनाथ साहका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरका बेला ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा थियो। अहिले ७६ बेड थप गरिएको उनले बताए। ९६ बेडको चालु र ७६ बेड तयारी अवस्थामा राखिएको साहको भनाइ छ।
 |  सोमबार, माघ ३, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, माघ ३, २०७८

विराटनगर– प्रदेश १ मा दैनिक कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गएको छ। आइतबार सम्म ३५० हाराहारीमा संक्रमित थपिएकामा सोमबार एकैदिन ६१७ जनामा संक्रमण देखिएको छ। पछिल्लो १५ दिनमा प्रदेश १ मा २ हजार ६९७ जनामा कोरोना संक्रमण देखिएको छ। ५ जनाको मृत्यु भएको छ।

triton college

सक्रिय संक्रमितको संख्या २ हजार १८१ रहेको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताईन। उनका अनुसार सोमबार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको हो। एन्टिजेन परीक्षणमा ९६ जनामा संक्रमण देखिएको राजवंशीले जानकारी दिईन। 

अधिकांश संक्रमित होम आइसोलेसनमा

प्रदेश १ मा सोमबार सम्म सक्रिय संक्रमितको संख्या २ हजार १८१ रहेको छ। २ हजार १२८ जना होम आईसोलेसनमा रहेका छन्। संक्रमित मध्ये ५३ जना मात्रै अस्पतालमा उपचाररत रहेका छन्।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ र विराट मेडिकल कलेजमा १७ संक्रमितको उपचार भईरहेको मन्त्रालयले जनाएको छ। अन्यको स्थानीय कोभिड अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ ।

Metro Mart
vianet

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार ककेन्द्रका प्रमुख वैजनाथ साहका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरका बेला ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा थियो। अहिले ७६ बेड थप गरिएको उनले बताए। ९६ बेडको चालु र ७६ बेड तयारी अवस्थामा राखिएको साहको भनाइ छ। 

लापरबाहीले बढ्यो संक्रमण

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दासंक्रमण बढेको बताउँछन्। मास्क लगाउने, दूरी कायम गर्ने लगायत जनस्वास्थ्य मापदण्डको पालनालाई बेवास्ता गरिँदा र लापरबाही बढ्दा परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था बनिसकेको उनले बताए। दैनिक संक्रमण उकालो लाग्दै गएका कारण संक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको डा. मेहताले बताए। 

जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा कोरोना नियन्त्रणका लागि चालिएका कदम प्रभावकारी नभएको बताउँछन्। लापरबाही बढेमा र बेलैमा सबै सचेत नभएमा भोलिको अवस्था भयावह बन्ने चेतावनी डा.सुब्बाको छ। उनले भने,‘ कोेरोनाप्रति गम्भीर हुनुपर्नेमा झन् लापरबाही बढेका कारण संक्रमण तीव्र गतिमा फैलिइरहेको छ।’

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले केही दिनयता जिल्लामा सक्रिय संक्रमित बढिरहेको जानकारी दिए। सरोकारवाला निकायबीच समन्वय गर्दै कोरोनालाई लक्षित गरेर आइसोलेसन तयार गर्ने, अस्पताल बनाउने, सीमामा हेल्थ डेस्क राख्ने लगायतको काम भइरहेको प्रसाईंको भनाई छ। 

कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्थानीय प्रशासनले नियन्त्रण एवं रोकथामका लागि भेला, महोत्सव, सभासम्मेलन, खेलकुदका कार्यक्रममा रोक लगाएको छ। २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम आयोजना गर्न नपाउने निर्देशन जारी गरेको छ। शैक्षिक संस्था बन्द गरिएका छन्। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले प्रशासनको निर्देशन पालना भए÷नभएको विषयमा अनुगमन थालिने बताए। 

खोप कार्ड र कोरोना परीक्षण अनिवार्य 

सीमावर्ती नाका जोगवनी हुँदै भारत प्रवेश गर्ने नेपालीले खोप कार्ड र कोरोना परीक्षण रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ। सीमावर्ती नाका जोगवनीबाट नेपाल प्रवेश गर्न चाहनेलाई मोरङ  प्रशासनले यसअघि देखि नै खोप कार्ड र २४ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको थियो।

खोप कार्ड र कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरेपछि जथाभावी प्रवेश नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। कोरोना संक्रमण नियन्त्रणका लागि भारतको अररिया जिल्लाले पनि खोप कार्ड र २४ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको जानकारी आफूलाई आएको दाहालले बताए। 

प्रकाशित: Jan 17, 2022| 20:52 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।