आइतबार, मंसिर ७, २०८२

पेरिस र युरोपियन ओपनमा नेपालका दुई खेलाडी सहभागी बन्दै

पेरिस र युरोपियन ओपन कराँतेमा नेपालका दुई पुरुष खेलाडी सहभागी बन्दैछन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं– पेरिस र युरोपियन ओपन कराँतेमा नेपालका दुई पुरुष खेलाडी सहभागी बन्दैछन्। ती दुई प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराँते टोलीलाई सोमबार बिदाइ गरिएको छ।

National life

टोलीले प्रान्सको पेरिसमा हुने पेरिस ओपन कराँते र लन्डनमा हुने युरोपिनय कराँतेमा सहभागिता जनाउने छ। ती दुई प्रतियोगिताका लगि आज खेलाडीको बिदाइ गरिएको हो।

सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रालिका निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सजना कुँवर छन्।

सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन्। जनवरी २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितका लागि टोली मंगलबार पेरिस प्रस्थान गर्दै छ। पेरिसपछि ४ सदस्यीय टोली नै जनवरी २४ मा लन्डन जाने कार्यक्रम छ। त्यहाँ खेलाडीले डब्लुटीकेए युरोपियन ओपन कराते प्रतियोगितामा सहभागी हुने छ। प्रतियोगिता जनवरी ३० तारिखमा हुने छ। लन्डनमा पनि सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौल समूहमा नै प्रतिस्पर्धा गर्ने छन्।

 टोलीका लागि ट्रयाक सुट नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रायोजन गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 17, 2022| 16:40 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।