काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत नवौं चरणको अन्तिम खेलमा न्यु रोड टिम(एनआरटी) ले जावलाखेल युथ क्लबलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटीले जावलाखेललाई २-० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा एनआरटीले दुई गोल गर्यो।
खेलको ६९औं मिनेटमा गोल गर्दै दर्शनले एनआएटीलाई अग्रता दिलाएका थिए। त्यो अग्रतलाई दोब्बर बनाउने काम पनि दर्शनले नै गरे। उनी म्यान अफ द म्याचसमेत बने।
कप्तानी आर्मब्यान्डमा देखिएका दर्शनले पहिलो गोलको चौथो मिनेटमै अर्को गोल गरे। त्यतिबेला नै बनाएको २-० को अग्रता बचाउँदै उसले जित निकालेको हो। जितपछि एनआरटीले १३ अंक बनाए छैटौं स्थानमा पुगेको छ।