आइतबार, मंसिर ७, २०८२

पीएम कप समूह चरणका खेल सकिँदा यस्तो बन्यो सेमिफाइनल समीकरण

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार दिउँसो नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल सम्पन्न भएसँगै जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सम्पन्न भएका छन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार दिउँसो नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल सम्पन्न भएसँगै जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सम्पन्न भएका छन्।

National life

तीन दिनअघि नै हुनुपर्ने खेल कोभिड–१९ संक्रमणको प्रभावका कारण तीन दिन पछि धकेलिएको थियो। त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल पुलिसले समूहको शीर्षस्थानमा अंक दूरी बढाएको छ। त्यसो त एक खेल अगावै पनि शीर्षस्थानमा रहेको पुलिसले सेमिफाइनलको यात्रा तय गरिसकेको थियो।

अब प्रधानमन्त्री कपको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले समूह बी को उपविजेता बागमती प्रदेशससँग खेल्नेछ। त्यस्तै, समूह बीको विजेता एपीएफले समूह एको उपविजेता टोली त्रिभुवन आर्मी क्लबसँग खेल पक्का गरेको छ।

जारी प्रतियोगिताको समूह चरणको खेलमा चार खेलमै जित निकालेको पुलिसले आठ अंक जोडेको छ भने समूह एमै पाँच अंक बनाएको आर्मी दोस्रो स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरेको हो।

तर समूह एका बाँकी तीन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर १ भने समूह चरणबाटै बाहिरिए। प्रदेश नम्बर १ ले त कुनै खेलमा पनि जित निकाल्न सकेन।

Laxmi sunrise bank
kumari

त्यस्तै, समूह बी मा पनि एपीएफले सतप्रतिसत जित निकाल्यो भने दोस्रो स्थानको बागमतीले एपीएफसँग मात्र हार बेहोर्यो। समूह बी का लुम्बिनी, प्रदेश २ र गण्डकी प्रदेश समूह चरणबाटै घर फिर्ता भएका छन्।

आजै सम्पन्न समूहको अन्तिम खेलमा भने पुलिसले प्रदेश १ लाई ४१ बल बाँकी रहँदै ६ विकेटले हराएको छ। मनिष थापाले ५९ रन सहयोगमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले आठ विकेटको क्षतिमा १०१ रन बनाएको थियो।

जवाफमा चार विकेट गुमाएर पुलिसले १०५ रन बनाउँदै लक्ष्य भेट्टायो। पुलिसका कुशल भुर्तेलले सर्वाधिक ४४ रन बनाए। समूह चरणका खेल सकिएसँगै भोलि सेमिफाइनल खेल हुनेछ। पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबले बागमतीसँग खेल्नेछ। त्यस्तै, मंगलबार नै हुने अर्को सेमिफाइनल खेलमा आर्मी र एपीएफले खेल्नेछन्। दुवै खेलका विजेताले बुधबार कीर्तिपुर मैदानमा फाइनल खेल्नेछन्।


प्रकाशित: Jan 17, 2022| 13:00 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।