शनिबार, असार २०, २०८३

स्पेनिस सुपर कपको उपाधि रियललाई

साउदी अरेबियाको किंग्स फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा रियलले रियलले २-० को जित निकाल्दा लुका मोड्रिच र करिम बेञ्जेमाले गोल गरे।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार राति सम्पन्न खेलमा रियलले एथ्लेटिको मड्रिडलाई हराउँदै उपाधि जितेको हो।

साउदी अरेबियाको किंग्स फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा रियलले रियलले २-० को जित निकाल्दा लुका मोड्रिच र करिम बेञ्जेमाले गोल गरे।

खेलको ३८औं मिनेटमा रोड्रिगोले दिएको पासको सदुपयोग गर्दै मोड्रिचले गोल गरेका थिए। त्यस्तै, दोस्रो हाफको ५२औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बेञ्जेमाले गोल गरे।

यता खेलको ८७औं मिनेटमा गोलस्कोरिङ अवसरमा मिलिटाओले हेन्डबल गरेर बल रोकिदिएपछि उनलाई रेफ्रीले रातो कार्डका सजाय दिएका थिए। बाँकी समयका लागि १० खेलाडीमा समेटिएको रियलविरुद्ध एथ्लेटिकोले पेनाल्टीको अवसर पायो।

तर राहुल गर्सियाले पेनाल्टीमा गोल गर्न सकेनन्। यससँगै रियलले २-० ले खेलसहित उपाधि जितेको हो। रियलले यससँगै १२ पटक सुपर कपको उपाधि जितेको छ। रियल यो उपाधिसँगै सुपर कपको सर्वाधिक विजेता बार्सिलोन को नजिक पुगेको छ।

प्रकाशित: Jan 17, 2022| 09:40 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।