काठमाडौं- स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार राति सम्पन्न खेलमा रियलले एथ्लेटिको मड्रिडलाई हराउँदै उपाधि जितेको हो।
साउदी अरेबियाको किंग्स फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा रियलले रियलले २-० को जित निकाल्दा लुका मोड्रिच र करिम बेञ्जेमाले गोल गरे।
खेलको ३८औं मिनेटमा रोड्रिगोले दिएको पासको सदुपयोग गर्दै मोड्रिचले गोल गरेका थिए। त्यस्तै, दोस्रो हाफको ५२औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बेञ्जेमाले गोल गरे।
यता खेलको ८७औं मिनेटमा गोलस्कोरिङ अवसरमा मिलिटाओले हेन्डबल गरेर बल रोकिदिएपछि उनलाई रेफ्रीले रातो कार्डका सजाय दिएका थिए। बाँकी समयका लागि १० खेलाडीमा समेटिएको रियलविरुद्ध एथ्लेटिकोले पेनाल्टीको अवसर पायो।
तर राहुल गर्सियाले पेनाल्टीमा गोल गर्न सकेनन्। यससँगै रियलले २-० ले खेलसहित उपाधि जितेको हो। रियलले यससँगै १२ पटक सुपर कपको उपाधि जितेको छ। रियल यो उपाधिसँगै सुपर कपको सर्वाधिक विजेता बार्सिलोन को नजिक पुगेको छ।