आइतबार, मंसिर ७, २०८२

पुनरागमनको तयारीमा विमल, भन्छन् - मान्छे उही तर फेरियो बानी

राष्ट्रिय टिममा होस् वा नेपाली घरेलु लिग र मोफसलका प्रतियोगितामा नै किन नहोस्, विमल नेपाली फुटबल समर्थकले निकै रुचाएका खेलाडी हुन्। उनको मुस्कानजस्तै छ, खेल पनि।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं – जनवरी २९ र फेब्रुअरी २ तारिखमा नेपालले पहिलोपटक अफ्रिकन मुलुक मौरिसससँग मैत्रीपूर्ण दुई फुटबल खेल खेल्दैछ। त्यसका लागि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बोलाएको ३५ खेलाडीको सूचीमा छन्, फरवार्ड विमल घर्तिमगर।

National life

राष्ट्रिय टिममा होस् वा नेपाली घरेलु लिग र मोफसलका प्रतियोगितामा नै किन नहोस्, विमल नेपाली फुटबल समर्थकले निकै रुचाएका खेलाडी हुन्। उनको मुस्कानजस्तै छ, खेल पनि।

तर, दुई वर्षअघिको डिस्को काण्डमा मुछिएपछि विमलले लामो समयसँम्म राष्ट्रिय टिमबाट खेल्न सकेका छैनन्। विश्वकप छनोटको दोस्रो लेगमा नपालले कुवेतसँगै भुटानमा खेल्ने तय थियो।

तर त्यता जानुभन्दा तीन दिनअघि मात्र उनीसहित चार खेलाडीले मादकपदार्थ सेवन गरेको अभियोगमा उनीहरु जरीवानासहित ६ महिनाको बर्खास्तीमा परे। यसकारण उनले राष्ट्रिय टिमका धेरै खेल गुमाउन पुगेका थिए।

त्यति मात्र होइन्। विमलले पछिल्लो सिजनको सहिद स्मारक ए डिभिजन लिगको पूरा सिजन नै गुमाएभन्दा पनि हुन्छ। लिगको अन्तिम खेलमा विमलले केही मिनेट मात्र मछिन्द्र क्लबबाट आर्मीविरुद्ध खेलेका थिए।

Laxmi sunrise bank
kumari

त्यो खेलमा जित निकालेपछि मछिन्द्र लिग च्याम्पियन भयो। त्यसपछि उनी राष्ट्रिय टिममा फर्किने विश्वास थियो। बन्द प्रशिक्षणमा पनि बोलाइएको थियो।


तर, प्रशिक्षणको दौरान गत वर्षको पुस पहिलो हप्ता सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको प्रशिक्षणका क्रममा उनी घाइते भए। त्यसपछि उनले विश्वकप छनोटका बाँकी खेलहरु पनि गुमाएका थिए।

एसीएल इन्ज्युरीका कारण उनले ९ महिना मैदानबाहिर नै बिताउनु पर्‍यो। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उनले कतारको एस्पेटार अस्पतालमा उपचार र रिहाबको अवसर भने पाए। शल्यक्रिया र रिहाब सकिएपछि केही महिनाअघि विमल नेपाल फर्किएका थिए। त्यसै मेसोमा उनले गत अक्टोबरमा सम्पन्‍न साफ च्याम्पियनसिप खेल्न भने भ्याएनन्।

उनको लागि मैदानमा पुनरागमनको बाटो खोलिदिएको हो सहिद स्मारक एक डिभिजन लिगले। जार लिगमा सुरु हुँदै गर्दा विमलले धेरै समय मैदानमा विताउन पाएनन्-सकेनन्।

‘चोट लागेपछि उनको आत्मविश्वास आइसकेको छैन। उनलाई आत्मविश्वास आउन केही समय लाग्ला,’ लिगको सुरवाती दौरानमा मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले विमलबारे भनेका थिए।

प्रवेशले भनेजस्तै, सुरुआति खेलमा विमल आफूलाई सम्हालेर दौडिरहेका देखिन्थे। सुरवाती पाँच खेलमा त उनले पूरा समय खेल्न पाएनन्। पहिलो खेल १० मिनेट खेलेका विमलले दोस्रो खेल २९ मिनेट खेले भने तेस्रो खेलमा अवसर पाएनन्।

खेलको ७४ औं मिनेटमा मैदान छिरेका विमलले हिमालायन शेर्पाविरुद्ध क्लबको चौथो(व्यक्तिगत) तेस्रो खेलमा गोल गरे। प्रतिबन्धमा परेपछि विमलको त्यो पहिलो लिग गोल त्यो नै हो।

त्यो गोलले उनलाई केही आत्मविश्वास दिएको थियो। त्यसपछिको खेलमा त उनी २३ औं मिनेटमै मैदान छिरे। अभियान प्रधानलाई विस्थापन गर्दै विमल मैदान छिरेका थिए।

त्यो खेलमा ६७ मिनेट मैदानमा विताएका विमलले लिगको छैटौं चरण र सातौं चरणमा ९० मिनेट नै मैदानमा बिताए। आठौं चरणमा पनि लामै समय मैदानमा देखिए विमल।

यी सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएका खेल हुन्। सोही रंगशालामा आइतबार मछिन्द्रले ब्रिगेड ब्वाइज् क्लबको सामना गरिरहेको थियो। ब्रिगेडविरुद्धको खेलमा भने विमल निकै फर्ममा देखिए। उनले विपक्षीको पोस्टमा धेरै आक्रमण बनिरहेका थिए।

उनले दोस्रो हाफमा ६ मिनेट भित्र दुई गोल गरे। खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका विमलले ६१ औं मिनेटमा दोस्रो गोल गरे। त्यति मात्र होइन रेजिन सुब्बाले गरेको गोलका लागि पनि विमलले नै एसिस्ट गरे। यससँगै एकै खेलमा उनले तीन गोलमा प्रत्यक्ष सहभागिता जनाए। र, जारी लिगमा तीन गोल आफैंले गरिसकेको छन्।

‘पहिलो खेल १० मिनेट खेलेपछि अहिले ९० मिनेट खेल्ने भइसकेको छु। यसअर्थमा म अहिले फिट छु,’ उनले आइतबारको खेलपछि भने, ‘अहिले कुनै समस्या छैन।’

त्यसो त, मछिन्द्रका विदेशी फरवार्ड नुर्लान नोभ्रोजुव पूरा फिट छैनन्। उनको ह्यामस्ट्रिङमा समस्या देखिएको कारण उनले सबै खेलमा राम्रो गर्न सकिरहेका छैनन्।

त्यसैले गोल गर्ने जिम्मेवारी अन्य फरवार्डलाई छ। त्यसमा पनि मनिष डाँगी र अभिषेक रिजाल खेलमा चल्न सकेका छैनन्।

अहिले मछिन्द्रका सर्वाधिक गोलकर्ता छन्, सुनिल बल। जसले पाँच गोल गरिसकेका छन्। लिगको नवौं चरणको खेल सकिएपछि फिफा फुटबल विन्डो सुरु हुनेछ। त्यसबीच ए डिभिजन लिग हुनेछैन।

राष्ट्रिय टिममा जाने बेलामा उनले गोल गर्नुले उनलाई राष्ट्रिय टिमको पुनरागमनमा पनि नजिक पुर्‍याएको छ। के त्यसो हो ? जवाफमा उनी भन्छन्, ‘पुनरागमन भन्दा पनि हाम्रो मछिन्द्र क्लबको सबैको साथले गोल भएको हो। कमब्याक चाहीँ विस्तारै हुने कुरा हो।’

‘राष्ट्रिय टिमको सन्दर्भमा बन्द प्रशिक्षणमा बोलाउनु भएको छ। त्यसमा राम्रो प्रदर्शन गर्छु,’ उनले भने।

विमलले अन्तिममा आफ्नो व्यक्तिगत बानी-व्यवहारमा पनि सुधार आएको बताएका छन्। ‘मान्छे त उही नै हो. बानीव्यवहारमा चाहीँ परिवर्तन भएको छ,’ उनले हाँस्दै भने।

अब दुई हप्तापछि रंगशालामा हुने नेपाली राष्ट्रिय टिम र मोरिससको खेलमा फेरिएको विमलको फेरिएको र सुधारिएको खेल हेर्न नेपाली फुटबल समर्थक पनि उत्साहित हुनेछन्। यदि उनले भनेजस्तै प्रदर्शन गरे र टिममा, प्लेइङ ११ मा पर्न सफल भए भने।

प्रकाशित: Jan 17, 2022| 08:41 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।