शनिबार, असार २०, २०८३

च्यासलका १९ खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित

च्यासल युथ क्लब र नेपाल पुलिस क्लब (एनपीसी) बीचको सहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को सङ्क्रमणका कारण च्यासल युथ क्लबका खेलाडीहरुबीचको खेल स्थगित भएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- च्यासल युथ क्लब र नेपाल पुलिस क्लब (एनपीसी) बीचको सहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को सङ्क्रमणका कारण च्यासल युथ क्लबका खेलाडीहरुबीचको खेल स्थगित भएको छ।

च्यासलले आफ्ना १९ खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको भन्दै एनपीसीविरुद्धको खेल स्थगित गर्न एन्फालाई अनुरोध गरेको थियो।

मेडिकल कमिटीको सल्लाहमा एन्फाको लिग कमिटीले खेल स्थगित गर्ने निर्णय गरेको हो एन्फाले जनाएको छ।

‘खेलको नयाँ मिति छिट्टै तय हुनेछ,’ एन्फाले सूचनामा लेखेको छ।

दशरथ रंगशालामा आइतबार दिउँसो ४ बजेर ४५ मिनेटमा च्यासल र पुलिस खेल्ने तालिका थियो। सोमबार न्युरोड टिम र जावलाखेल युथ क्लबबीचको खेल तालिका अनुसार हुनेछ।


प्रकाशित: Jan 16, 2022| 13:59 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।