आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • औषधि व्यवस्था विभागमा दुई महानिर्देशक, भट्टराईले बस्ने कुर्सी नै पाएनन्

औषधि व्यवस्था विभागमा दुई महानिर्देशक, भट्टराईले बस्ने कुर्सी नै पाएनन्

विभागको महानिर्देशक र प्रयोगशालाको निर्देशक दुवै एघारौं तहको हुने व्यवस्था छ। महानिर्देशक बनेका ढकाल र भट्टराई दुवै एघारौं तहका कर्मचारी हुन्।
 |  आइतबार, माघ २, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, माघ २, २०७८

vianetvianet

काठमाडौं– गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्मचारी हेरफेर तथा सरुवा गरे। औषधि व्यवस्था विभागमा  महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिइयो। साढे तीन महिनाअघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाइएका भट्टराई पुनः विभागमा फिर्ता भए। विभागको महानिर्देशक रहेका नारायण ढकाललाई भने औषधि प्रयोगशालामा पठाइयो।  

triton college

विभागमा १५ भदौसम्म भट्टराई महानिर्देशक थिए। त्यसपछि १६ भदौमा स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशक बनायो भने भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनायो। झण्डै साढे चार महिनामा फेरि यी दुईको जिम्मेवारी हेरफेर भएको छ। 

मन्त्रालयले कर्मचारी सरुवा गरेको ५ दिन पूरा भएको छ। तर औषधि व्यवस्था विभागमा भने किचलो सुरु भएको छ। ५ दिन हुँदासमेत नयाँ बनाइएका महानिर्देशकले बस्ने कुर्सी पाएका छैनन्।  

पहिलेका महानिर्देशक नारायण ढकालले भने आफूलाई चिठी नआएकाले कानुनसम्मत नै कुर्सीमा बसिरहेको बताए। ढकालले भने, ‘सरुवा भयो भनेर मलाई चिठी आएको छैन, मैले पनि सञ्चारमाध्यमबाटै सुनेको हो। चिठी नआएसम्म कानुनले पनि मैले यो कुर्सी छोड्न मिल्दैन। भरतजी अघि आउनुभएको थियो, मैले कुर्सी पाइन भनेर जानुभयो रे। मैले कुर्सी नछोड्ने भनेको होइन। कानुनअनुसार जानुपर्छ भनेको हो। नियमअनुसार मैले पत्र पाएको छैन। उहाँलाई नियुक्त गरिएको छ भन्ने कुरा उहाँले भनेपछि थाहा पाएको हुँ। उहाँलाई टेन्सन भएछ, मैले कुर्सी पाइन भनेर पत्रिकाहरुलाई भनिसक्नुभएछ।’

ढकाललाई औषधि प्रयोगशालामा पठाइएको हो, औषधि प्रयोगशालमा नारायण ढकाललाई पठाइए पनि उनी त्यहाँ जान तयार छैनन्। उनले भने, ‘औषधि प्रयोगशालामा पठाइएको छ तर म त्यहाँ जान्न।’ 

National life insurance

उनले थपे, ‘औषधि प्रयोगशाला विभाग मातहतको हो। विभागमा मभन्दा जुनियर मान्छे राखेर यो मातहतको कार्यालयमा म जान्न। सरकारले अन्त जता पठाओस् जान तयार छु। मभन्दा ५ वर्ष जुनियर मान्छेको अन्डरमा म कसरी जाने?’

मन्त्रालयले कर्मचारी सरुवा गरेको ५ दिन पूरा भएको छ। तर औषधि व्यवस्था विभागमा भने किचलो सुरु भएको छ। ५ दिन हुँदासमेत नयाँ बनाइएका महानिर्देशकले बस्ने कुर्सी पाएका छैनन्।  

विभागको महानिर्देशक र प्रयोगशालाको निर्देशक दुवै एघारौं तहको हुने व्यवस्था छ। महानिर्देशक बनेका ढकाल र भट्टराई दुवै एघारौं तहका कर्मचारी हुन्।  

यता नयाँ नियुक्त भएका महानिर्देशक भरत भट्टराई भने आफूलाई चिठी प्राप्त भएपछि विभाग गएको तर बस्नको लागि कुर्सी नपाएको बताउँछन्।  भट्टराईले भने, ‘म आज गएर हाजिर पनि गरें, तर कुर्सीमा पहिलेकै महानिर्देशक हुनुहुँदो रहेछ। मलाई बस्नको लागि ठाउँ भएन, अनि फर्किएँ। अहिले स्वास्थ्य मन्त्रालयमा छु। 

उनले थपे, ‘हामी दुवै जना एकै दिन नियुक्त भएका हौैं, मलाई चिठी आउने उहाँलाई नआउने भन्ने हुँदैन होला।’ 

उता ढकालले भने आफू सरुवा भएको कुनै पत्र नआएको र पत्रपत्रिकामा आएको समाचारको भरमा आफूले कुर्सी छाड्न नमिल्ने भएर नछाडेको बताए। ‘खासमा यो सरुवामा अलि विवाद पनि छ। पुरानो मितिमा सरुवा भएको भन्ने पनि छ। अर्को कुरा मैले चिठी पाएको पनि छैन, बुझेको पनि छैन। यत्तिकै किन छाड्ने?’ ढकालले भने।

यसबारे स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेललाई बुझ्दा उनले ढकालको पत्र भर्खरै पठाइएको बताए।


प्रकाशित: Jan 16, 2022| 13:03 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।