काठमाडौं- फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको शनिबार राति समपन्न खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ब्रिस्टलाई २–० गोलअन्तरले हराएको छ।
पीएसजीको पार्क डेस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टिमले जित निकालेको हो। जितका लागि केलियन एम्बाप्पे र थिलो केहरेरले समान १,१ गोल गरे।
पहिलो हाफको ३२औं मिनेटमा एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए भने ५३औं मिनेटमा केहरेरले गोल गरे।
यो जितसँगै ५० अंक बनाएको पीएसजी दोस्रो स्थानको निसभन्दा ११ अंकले अघि रहेको छ। त्यस्तै, पराजित ब्रिस्ट भने २५ अंकका साथ १३औं स्थानमा छ।