शनिबार, असार २०, २०८३

प्रिमियर लिगमा सिटीसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) को शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) को शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा सिटीले चेल्सीलाई १-० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा सिटीले गोल गर्‍यो। खेलको ६९ औं मिनेटमा सिटीका केभिन डिब्रुएनाले निर्णायक गोल गर्दै सिटीलाई जित दिलाए। खेल अवधिभर ४४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको चेल्सीले चार पटक सिटीको पोस्टतर्फ प्रहार गरेको थियो। यद्यपि उसले गोल गर्न सकेन।

चेल्सीको तुलनामा सिटीले निकै आक्रामक खेल्यो। शनिबार रातिको जितसँगै सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको चेल्सीको ४३ अंक हुँदा तेस्रो स्थानको लिभरपुलेको ४२ अंक रहेको छ। लिगमा सिटीले चेल्सीले समान २२,२२ खेल खेल्दा लिभरपुलले २० खेल खेलेको छ।

प्रकाशित: Jan 16, 2022| 07:30 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।