शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • काउटिन्होको डेब्यू गोलमा युनाइटेडसँग हारबाट जोगियो एस्टन भिल्ला

काउटिन्होको डेब्यू गोलमा युनाइटेडसँग हारबाट जोगियो एस्टन भिल्ला

जारी जनवरी विन्डोमा मात्र स्पेनिस क्लब बार्सिलोनाबाट इंग्लिस क्लब एस्टन भिल्लामा पुगेका एट्याकिङ मिडफिल्डर फिलिप काउटिन्होले डेब्यू गोल गरेका छन्।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- जारी जनवरी विन्डोमा मात्र स्पेनिस क्लब बार्सिलोनाबाट इंग्लिस क्लब एस्टन भिल्लामा पुगेका एट्याकिङ मिडफिल्डर फिलिप काउटिन्होले डेब्यू गोल गरेका छन्।

उनले खेलको ८०औं मिनेटमा गोल गरेसँगै इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला म्यानचेस्टर युनाइटेडसँग हारबाट जोगिएको छ। शनिबार राति सम्पन्न खेलमा युनाइटेडले २–० गोलको अग्रता बनाए पनि उसले त्यो अग्रता जोगाउन सकेन।

युनाइटेडका लागि दुवै गोल ब्रुनो फर्नान्डेले गरेका थिए। उनले खेलको पाँचौँ मिनेटमा र ६६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

तर घरेलु मैदानमा ज्याकोब रामसीले गोल गर्दै एस्टन भिल्लालाई पुनरागमन गराए। सनसोनलाई विस्थापन गर्दै खेलको ६७औं मिनेटमा मैदान छिरेका काउटिन्होले ८०औं मिनेटमा डेब्यू गोल गरे। यससँगै भिल्ला हारबाट जोगिएको हो।

यो बराबरीसँगै २३ अंक बनाएको भिल्ला लिगको १३औं स्थानमा छ भने ३२ अंक बनाएको युनाइटेड सातौं स्थानमा छ।

प्रकाशित: Jan 16, 2022| 07:20 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।