शनिबार, असार २०, २०८३

बायर्नको जितमा ह्याट्रिक गरेका लेवान्डोस्कीको ३०० गोल पुरा

जर्मनको शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगामा बायर्न म्युनिखले कोल्नविरुद्ध सानदार जित निकालेको छन्। कोल्नकै मैदानमा सम्पन्न खेलमा म्युनिखले ४–० गोलको जित निकालेको हो।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- जर्मनको शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगामा बायर्न म्युनिखले कोल्नविरुद्ध सानदार जित निकालेको छन्। कोल्नकै मैदानमा सम्पन्न खेलमा म्युनिखले ४–० गोलको जित निकालेको हो।

बायर्नको जिनका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे। उनले ह्याट्रिक गरेसँगै बुन्डेसलिगामा ३०० गोल पनि पुरा गरेका छन्। त्यस्तै बार्यनले लिगको ६६ खेलमा गोल गरेको रेकर्ड बनाएको छ। बायर्नले नै सन् २०१८ देखि २०१९ मा बनाएको रेकर्डलाई सुधार गरेको हो।

शनिवार रातिको खलमा लेवान्डोस्कीले नवौं, ६२ र ७४औं मिनेटमा गोल गर्दै ह्याट्कि पुरा गरेका हुन्। थोमस मुलरले दिएको पासको सदुपयोग गर्दै लेवान्डोस्कीले गोल गरेर उनले टिमलाई अग्रता दिलाएका थिए।

उनले दोस्रो र तेस्रो गनेल भने लेरोय सानेको पासमा गरे। त्यसबीच खेलको २५औं मिनेटमा बायर्नका कोरियन्ट टोनिसोले  गोल गरे। मुलरले दिएको पासलाई टोलिसोरले गोलमा परिवर्तन गरेका थिए।

यता खेलको ५० प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै विपक्षीको पोस्टमा १३ आक्रमण बनेको कोल्ने गोल गर्न भने सकेन। शनिबारको जितसँगै बायर्नले लिगको शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।

बायर्नको ४६ अंक हुँदो दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ४० अंक छ। डर्टमन्डले शुक्रबार रातिको खेलमा फ्रिइबर्गलाई ५–१ गोलअन्तरले हराएको थियो।

प्रकाशित: Jan 16, 2022| 07:06 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।