आइतबार, साउन ३१, २०८३

कास्कीमा ‘स्मार्ट लकडाउन’

गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि कोरोना संक्रमण तीव्ररूपमा बढेपछि स्थानीय प्रशासनले शनिबारदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

कास्की- गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि कोरोना संक्रमण तीव्ररूपमा बढेपछि स्थानीय प्रशासनले शनिबारदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ। यसअघि मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले शनिबारदेखि जिल्लाभर स्मार्ट लकडाउनको नै घोषणा गरेको हो।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिँदै गएकाले शनिबारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक लगाइएको कास्की प्रशासनले जनाएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक सेवा लिन कोभिडविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने निर्णय गरेको बताए। 

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनीतिक, सामाजिक तथा सांस्कृतिक लगायत भेला, महोत्सव, मेला, सभा, सम्मेलन गर्न रोक लगाइएको छ। सार्वजनिक सवारीसाधनमा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ। 

हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिडविरुद्धको खोप लगाएको कार्ड वा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ। जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा रोक लगाइए पनि सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न अनुमति दिएको छ। 

औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालना नगरेमा कानून बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ। प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दा/गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ। 

साथै सेवा प्रदायकहरूले खुला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ। कास्की प्रशासनले जारी गरिएको आदेशको पालना भए/नभएको अनुगमन गरी उल्लंघन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ।

प्रकाशित: Jan 16, 2022| 06:33 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।