काठमाडौं। भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन उत्कृष्ट सुरुआत गरेको छ। श्रीलंकाको गालेमा सुरु भएको टेस्टको पहिलो दिन भारतले २ विकेट गुमाएर २८८ रन बनाएको छ। बर्षाले प्रभावित हुदा पहिलो दिन ७३ ओभरको खेल मात्र सम्भव भएको थियो।
भारतका लागि देवदत्त पाडिकलले १३१ रनको शतकीय पारी खेल्दै अविजित रहेका छन्। यस्तै, ऋषव पन्त २७ रन बनाएर खेलिरहेका छन्।
यसअघि ओपनर यशस्वी जयसवालले ३२ बनाएर रन आउट भएका थिए भने केएल राहुल ७७ रन बनाएर हर्ट भएका थिए। त्यस्तै कप्तान शुभमन गिल १६ रन बनाएर आउट भएका थिए। त्यसैगरी श्रीलंकाका बलर प्रबाथ जयसूर्याले एक विकेट लिएका थिए।